काठमाडौं- नेपाल विद्यार्थी संघले ‘चिनौं सिमाना, जोगाऔं माटो’ अभियान अन्तर्गत सोमबार कालापानी र लिपुलेक सहितको नेपालको नक्सा बनाउन विद्यार्थीहरुलाई सिकाएको छ।
‘कोरौ नेपालको वास्तविक नक्सा’ अभियानमा सयौं विद्यार्थीले नेपालको वास्तविक नक्सा कोरेको नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी गराए।
नोभेम्बर २ मा भारतीय सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग पनि समेटिएको छ। त्यस विरुद्ध नेविसंघले विरोधका कार्यक्रम गर्दै आएको छ।
‘चिनौं सिमाना, जोगाऔं माटो’ अभियानले विद्यार्थीहरुललाई वास्तविक नक्साको जानकारी प्राप्त गर्न सहयोग पुगेको त्रिपाठीले बताए।
बसन्तपुर क्षेत्रमा आयोजित कार्यक्रममा स्कुल र कलेजका विद्यार्थीहरुलाई सहभागी गराएर भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर बनाइएको नक्सा प्रर्दशन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।