काठमााडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन्।
सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६४ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन्।
यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अँकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।