काठमाडौं- प्रदेश नं ३ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा विजेता खेलाडीहरुलाई पुरस्कारकाे घाेषणा गरेकाे छ।
प्रदेश ३ काे मन्त्रीपरिषद् बैठकले जारी १३औं साग (SAG) प्रतियोगितामा विजय भएका खेलाडीहरूलाई नगद पुरस्कार दिने घाेषणा गरेकाे हाे।
प्रदेश नं ३ ले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १ लाख, रजत ५० हजार र कास्य २५ हजार सहित सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।