काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता माधवकुमार नेपाल विशेष दूत बनेर भारत जाने कुरामा केही सल्लाह भएको बताएका छन्। यद्यपि यसबारे आएका धेरै कुरा हल्ला भएको उनको भनाइ छ ।
‘सीमा समस्या समाधानका लागि माधव नेपाल विशेष दूत बनेर जाने कुरामा अलिकति सल्लाह भएकै हो,धेरै हल्ला भएको हो, आजको बैठकमा यसबारे कुनै छलफल भएन,’ सोमबार बसेको सचिवालय बैठकको निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने।
प्रधानमन्त्रीले माधवकुमार नेपाललाई सरकारको विशेष दूतका रुपमा अहिले देखापरेका सीमा समस्याको समाधान गर्न भारत भ्रमणमा जान अनुरोध गर्नभएको कुरा नेता नेपालले यसअघिकै सचिवालय बैठकमा जानकारी गराइसकेको उनले बताए।
‘अरु कुराको हकमा पार्टीले कुनै छलफल र निर्णय गरेको छैन’ उनले भने, ‘यो प्रधानमन्त्री र उहाँले पठाउने दूतहरुसँग सम्बन्धित विषय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।