काठमाडौं- १३औं दक्षिण एसिायली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालकी संगीता सुनारले रजत पदक जितेकी छिन्।
सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगीता सुनारले भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित हुँदै रजत पदक पाएकी हुन्।
यसअघि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदै संगीता फाइनलमा पुगेकी थिइन्।
भारतकी परबिन भने बाई पाएर सोझै फाइनल प्रवेश गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।