काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन्।
सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा भारतीय खेलाडीलाई अंकको आधारमा पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन्।
उनले ५४ केजी तौल समूहको खेलमा स्वर्ण जितिन्।
आजै भएको ४८ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडीसँग पराजित हुँदै नेपालकी ललिता महर्जन रजत पदकमै सीमित भएकी छिन्। ललिताले यसअघि श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।