काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ। नेपालले माल्दिभ्सलाई हराउँदै कास्य जितेकाे हाे।
साेमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई नेपालले ५ विकेटले हरायो। माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्याे।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो।
पुरुषतर्फको स्वर्णका लागि आजै श्रीलंका र बंगलादेशले खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।