काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक साेमबार बस्ने भएकाे छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेकाे हाे।
सचिवालय बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ। प्रतिनिधिसभामा रिक्त सभामुख पदकाे निर्वाचन र स्थायी समिति बैठक बोलाउने बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेकाे हाे।
बलात्कारकाे आराेप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। बैठकमा मंसिर १४ मा भएकाे उपनिर्वाचनको औपचारिक समीक्षा हुने बताइएकाे छ।
पाँच दिनअघि बसेकाे सचिवालय बैठकले उपनिर्वाचन भएका क्षेत्रमा घात-अन्तर्घात भए/नभएकाे बारे केन्द्रलाई प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन दिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।