काठमाडौं- राष्ट्रपति निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपाले विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको छ। राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा बृहत् राष्ट्रिय हित,एकता र प्रजातन्त्रको संरक्षणका लागि सबै पक्षको संयोजनकारी भूमिका अपेक्षा गर्दै भण्डारीलाई मत दिने निर्णय गरेको उल्लेख छ।
प्रतिनिधिसभामा राप्रपाका एक सांसद छन्। झापा क्षेत्र नम्बर ३ बाट एमालेको सर्मथनमा विजयी भएका राजेन्द्र लिङ्देनले संसदमा स्वतन्त्र हैसियतमा प्रतिनिधित्व गरिरहेका छन्।
नयाँ शक्ति र विवेकशील तटस्थ
नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी भने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएका छन्।
नयाँ शक्तिको प्रतिनिधिसभामा एक सांसद छन् भने विवेकशील साझाको प्रदेशसभामा २ सांसद छन्। आजै संसदले नयाँ राष्ट्रपति चयन गर्दैछ। राष्ट्रपतिका लागि वाम गठवन्धनले निवर्तमान राष्ट्रपति भण्डारीलाई उम्मेबार बनाएको छ भने नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ। दिउसो ३ बजेसम्म संघीय संसदमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। अहिले मतदान जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।