पोखरा- १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला ह्याण्डबल खेलमा फाइनलमा पुगेर इतिहास रचेको नेपाल स्वर्ण जितेर अर्को इतिहास रच्नबाट भने चुकेको छ।
सागमा सहभागी ह्याण्डबलमा कहिल्यै पदक नजितेको नेपालले यसपटक फाइनल पुगेर इतिहास रचेको थियो। तर फाइनल खेल जितेर स्वर्ण पदक जित्दै अर्को इतिहास रच्नबाट भने नेपाल चुकेको हो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको महिला ह्याण्डबलको फाइनलमा नेपाल भारतसँग पराजित भएसँगै रजत पदकमा सिमित भएको हो।
इतिहास रच्दै पहिलोपटक महिला ह्याण्डबलको फाइनलमा पुगेको नेपाल स्वर्ण जितेर अर्को इतिहास रच्न भने चुक्यो। भारतले नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो। १२ औं संस्करणको महिला ह्याण्डबलमा नेपालले कास्य पदक समेत गुमाएको थियो।
स्वर्ण विजेता भारतका लागि मेनिकाले सर्वाधिक १३ गोल गरिन्। भारतकी सोनिकाले ११ गोल, निधि शर्माले ८ गोल तथा कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल गरे।
घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोल गरिन्। नेपालकी कबिता राईले ५, निषा राई र उमा राईले समान ३/३ गोल, रञ्जना राईले २ तथा कविता राई र र शान्तिकला राईले समान १/१ गोल गरे।
पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण
पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले सागको ह्याण्डबल खेलमा स्वर्ण जितेको हो। भारत भने उपविजेता बन्दै रजत पदकमा सिमित भयो।
बंगलादेशमा भएको ११औं सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो। भारतकै गुहावटीमा भएको १२ औं सागमा भने भारतले स्वर्ण जितेको थियो। पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो।
पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक ५ गोल गरे। खालिदा रमजानले टोलीका लागि ४ गोलको योगदान गरिन्। आस्मा आल्ताफ र साइका रियाजले समान २/२ गोल जोडे। साडिया बासिर र नाजिस मक्सुदले १/१ गोलको योगदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।