जुडोमा देविकाले जितिन् स्वर्ण

नेपाल लाइभ | २०७६ मङ्सिर २२ आइतबार | Sunday, December 08, 2019 १७:००:०० मा प्रकाशित

काठमाडौं- जुडोमा नेपालकी देविका खड्काले स्वर्ण  पदक जितेकी छन्।

५२ किलो मुनिको तौल समूहमा उनले स्वर्ण जितेकी हुन्। लगनखेलस्थित आर्मी कभर्डहलमा भएको प्रतिस्पर्धामा देविकाले भारत, श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।