काठमाडौं- त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो भएको युएस बंगला विमान दुर्घटनामा मृत्यु भएकाहरुका आफन्तले अस्पतालमा पुगेर शव पहिचान गरिरहेका छन्।
सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) को अस्पतालमा रहेका ८ शवमध्ये ६ जनाको सनाखत भएको छ। अस्पतालमा पुगेका आफन्तहरुले शव पहिचान गरिसकेपछि त्यहाँ रुवाबासी चलेको छ। आफ्नो मान्छे घाइते हो वा मृत्यु भइसकेको भन्ने जानकारी नपाएका आफन्तहरु अस्पतालमा पुगिरहेका छन्।
केएमसीमा राखिएका शवमध्ये हरिशंकर पौडेल, सजना देवकोटा र प्रविन चित्रकार को शनाखत भएको छ। यस्तै चालक दलका ३ सदस्य बंगलादेशी नागरिक पृथुला रसिद, ख्वजा हुसेन र रकिबुल हुसेनको शनाखत भएको छ। मृतकको शव धेरै जलेकाले पहिचान गर्न मुस्किल परेको अस्पतालले जनाएको छ। केएमसीमा राखिएका दुई जनाको शवको शनाखत हुन सकेको छैन।
केएमसी अस्पतालमा दुर्घटनामा परेका १२ जनाको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।