ढाकामा भएको कार्यक्रम। यही कार्यक्रममा भाग लिन एजेन्सी प्रतिनिधि बंगलादेश गएका थिए
काठमाडौं- त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा नेपालका विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधिसमेत परेका छन्।
बंगलादेश विमानका लागि टिकट बिक्रीमा राम्रो कारोबार गर्ने उत्कृष्ट एजेन्सीका प्रतिनिधि मार्च १० को कार्यक्रममा सहभागी हुन ढाका गएका थिए। कार्यक्रम सकेर फर्किएका उनीहरु दुर्घटनामा परेका हुन्। उनीहरु ९ तारिखमा काठमाडौंबाट प्रस्थान गरेका थिए। दुर्घटनामा पर्नेमा एजेन्सीका मात्रै १६ जना रहेका छन्।
चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस-बाङ्ला एयरलाइन्सको फ्लाइट नम्बर बिएस २११ को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दिउँसो २:२० बजे दुर्घटनामा परेको थियो।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतकको शव निकाल्ने क्रम जारी रहेकाले संख्याबारे पुष्टि हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।