काठमाडौं- युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुचारु गरिएको छ।
आज अपराह्न २ बजेर २० मिनेटमा विमान दुर्घटनाग्रस्त भएपछि विमानस्थल बन्द गरिँदै विभिन्न ठाउँबाट आएका विमानहरुलाई अन्यत्र डाइभर्ट गरिएको थियो।
दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए। विमान बंगलादेशको राजधानी ढाकाबाट उडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।