काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशी विमानमा ३३ नेपाली यात्रु रहेको पुष्टि भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सहित ७१ यात्रु थिए। जसमध्य ३३ जना नेपाली सहित यात्रुको संख्या ६७ थियो।
प्राधिकारणले अग्नि नियन्त्रकहरुदवारा विमानमा लागेको आगो भने नियन्त्रणमा आइसकेको छ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बाङ्लाको बिएस २११ विमान धावनमार्गभन्दा बाहिर दुर्घटना हुँदा केही यात्रुहरुको मृत्यु भएको छ। क्षतिको विवरण प्राप्त हुन सकेको छैन। अहिले शव निकाल्ने काम जारी छ। घाइतेहरुको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।