काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बंगलादेशको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्नुको कारणबारे सरकारले छानबिन गर्ने बताएका छन्।
दुर्घटना लगत्तै विमानस्थल पुगेर स्थलगत निरीक्षण गरेका प्रधानमन्त्री ओलीले यसबारे छानबिन गर्ने बताएका हुन्।

बंगलादेशको राजधानी ढाकाबाट उडेको युएस-बाङ्ला एयरलाइन्सको विमान काठमाडौंमा अवतरणका क्रममा आज २ बजेर २० मिनेटमा दुर्घटना भएको थियो। दुर्घटनामा धेरै यात्रुको हताहती भएको बताइए पनि क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन। घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।