काठमाडौं– युएस-बङ्ला हवाइ दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुगेका छन्।
'प्रधानमन्त्री विमानस्थल पुगिसक्नुभएको छ', प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
विमानस्थलमा अवतरणका क्रममा धावनमार्ग बाहिर दुर्घटनामा परेको युएस बाङ्ला एयरलाइन्सको विमानबाट घाइतेको उद्धार गरिएको छ।
घाइतेहरुलाई सिनामंगलस्थित केएमसी अस्पतालमा २५ जना घाइते लगिएको छ। त्यहाँ लगिएका मध्ये ८ जनाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ। यस्तै थापाथलीस्थित नर्भिक अस्पतालमा १४ जना घाइतेलाई लगिएको छ।
दुर्घटनापछि विमानमा आगो लागेर धुवाँको मुस्लो निस्किएको थियो। आगो पूर्णरुपमा निभाइएको छ। विमान दुर्घटनाग्रस्त भएपछि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ। विभिन्न ठाउँबाट आएका विमानहरुलाई अन्यत्र डाइभर्ट गर्न थालिएको छ।
युएस बाङ्ला एयरलाइन्सको फ्लाइट नम्बर यु बिजी २११ को विमान ढाकाबाट ६७ यात्रु लिएर काठमाडौं आएको थियो। विमानमा चालक दलका चार जना कर्मचारी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।