काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत हङकङविरुद्ध नेपाललाई आठौं सफलता मिलेको छ।
कमजोर ब्याटिङ प्रस्तुत गरेको हङकङको ८औं विकेट सन्दीप लामिछानेले लिएका हुन्। सन्दीपले ३ रन बनाएर खेलिरहेका ऐजज खानलाई एलबिडब्लुको धरापमा पारेका हुन्।
त्यसअघि वसन्त रेग्मीले तनविर अफ्जललाई १० रनको स्थितिमा दिपेन्द्रसिंह ऐरीको बलमा क्याच गरेका थिए। हङकङ अहिले ३६औं ओभरमा ८ विकेट गुमाई १ सय १३ रनमा खेलिरहेको छ।
नेपालका लागि सन्दीप लामिछानेले ३ र बसन्त रेग्मीले २ विकेट हात पारिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।