काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बाङ्लाको विमान दुर्घटनामा परेको छ। विमानमा आगलागी भएर धुवाँको मुस्लो निस्किएको छ।
विमान अवतरणका क्रममा रन-वेबाट बाहिर गएर दुर्घटना भएको जनाइएको छ। रन-वेको पूर्वतर्फको मैदानमा विमान दुर्घटनामा परेको विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी प्रेम ठाकुरले जानकारी दिए।
विमानबाट करिब आधा दर्जन यात्रुलाई निकालेर अस्पताल पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको ठाकुरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।