काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुंगो लगाएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम सिफारिस गरेको छ। एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हुन्। उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित भएका थिए।
वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का देखिएको छ। एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ।
अध्यक्षको निर्वाचन बुधबार हुनेछ।
पढ्नुस्, राष्ट्रियसभा अध्यक्षमा पक्कापक्की भएका तिमिल्सिनाको अन्तर्वार्ता, जुना हामीले शनिबार लिएका थियौं।
स्वार्थी समूहका प्रभावमा बनेका विधेयक रोक्छौं : गणेश तिमिल्सिना, राष्ट्रियसभा सदस्य (अन्तर्वार्ता)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।