वासिङ्टन डिसी- अत्याधिक धुम्रपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ।
चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको ब्रिष्टोलको लुइस मिल्लार्ड विश्वविद्यालयका अध्येताहरूले गरेको अध्ययन प्रतिवेदन पिएलओएस जेनेटिक्समा उल्लेख गरिएको छ।
उमेरभन्दा छिट्टै बुढ्यौली अत्याधिक धुम्रपानका कारणले भएको हो की वंशाणुगत कारणले भएको हो भन्ने तथ्य वैज्ञानिकहरूले छुट्याउन सक्ने पनि अध्ययनकर्ताहरुले जनाएका छन्।
अध्ययनकर्ताहरुले अध्ययनमा सहभागीहरूलाई दुई समूहमा बाँडेर अध्ययन गरेका थिए। तीमध्ये एउटा समूह कहिल्यै धुम्रमान नगरेकाहरुको थियो भने अर्को समूह अहिले धुम्रपान गरिरहने वा विगतमा गरेकाहरूको थियो।
अन्य कुरा समान रहेको अवस्थामा पनि धुम्रपान गर्ने र नगर्नेका बीचमा तुलना गर्दा धुम्रपान नगर्ने भन्दा धुम्रपान गर्नेहरु बढी बुढो देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
बढी धुम्रपान गर्नेहरुमा बुढ्यौली देखिने समस्यासँगै घाँटी, फोक्सो, आन्द्रा, छाला लगायतमा अनेक समस्या देखिने गरेको उनीहरुले जनाएका छन्।
धुम्रपानको असर उनीहरुले कति मात्रामा धुम्रपान गरेका छन्, त्यहि मात्रामा असर पर्ने गरेको पाइएको पनि अध्ययनकर्ताहरुले बताएका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।