काठमाडौं– घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालय तानिएका छन्।
गृह स्रोतका अनुसार उनलाई शुक्रबार मन्त्रालयमा तानिएको हो। रिजालले मेलुङ गाउँपालिका–४ का कुमार लामा, कालिञ्चोक गाउँपालिकाका उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग गरेर १ लाख ११ हजार घुस लिएको आरोप लागेको थियो।
सार्वजनिक मुद्दा लागेका उनीहरुलाई मुद्दा नचलाउने भन्दै सिडिओ रिजालले घुस लिएका थिए। सो घटना बाहिर आएपछि मन्त्रालयले उनलाई तानेको हो।
पदीय आचरणविपरित काम गरेको पाइएकाले सोहीअनुसार कारबाही गरिने मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।