काठमाडाैं- जारी १३औं सागकाे ५ हजार मिटर दाैडमा नेपालका गाेपिचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्। शुक्रबार बिहान भएकाे खेलमा उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेण्डमा पार गरे।
भारतका सुनिल दावरले रजत हात पारे। उनले १४ मिनेट ५५.२१ सेकेण्डमा पार गरे। नेपालकै हरि कुमार रिमालले कास्य पदक जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।