• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आँखाको ज्योतिले दियो खुसी

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २०, २०७६  ०९:४०
1140x725

महाेत्तरी- 'बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक' (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क (अति कष्टकरको अर्थमा) बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैँ लागेको छ) भर्खरै केही दिनअघि शल्यक्रियापछि आँखाको ज्योति पुनः पाएका महोत्तरी, गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानले खुसी हुँदै भने।

आँखामा मोतियाविन्दु भएर पछिल्ला पाँच/छ वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चलेका पासवान गत कात्तिक २७ गते शल्यक्रिया सम्पन्न भएयता भने अब आफैँ हिँड्डुल गर्न सक्ने भएका छन्को। "नई सोचल सुख हमराई बुढारीमें भेटल (मैले नसोचेको सुख यो बुढ्यौलीमा पाएँ)' पासवानले भने ।

पासवानजस्तै जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्नाकी ७० वर्षीया जितनीदेवी थारू र औरही नगरपालिका–१ दलित बस्तीकी ६० वर्षीया चोल्हियादेवी महरासहित ८३१ जनाले गुमेको आँखाको ज्योति पछिल्ला १० महिनाबीचमा पाएका छन्। 'कई साल सँऽअन्हारमें छली, जिनगी भारी लगैछल' (कति वर्षदेखि अँध्यारै/अँध्यारो थियो, जिन्दगी नै गह्रुङ्गो लाग्थ्यो) मेघनाथ गोरहन्नाकी जितनीदेवी थारूले भनिन्, 'आब जिवके ललसा जागल, बुझायत अछि, जे दुनिंयाँहमरेसभक देखके लेल बनलअई' (अब भने बाँचिरहने आस जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो)।
 
पछिल्लोपटक हिमालयन आई केयर फाउण्डेशन भक्तपुरको सहकार्यमा बर्दिवास आँखा अस्पतालले जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी सन् २०१९ को मार्चदेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचारको प्रबन्धले अहिलेसम्म जिल्लाका ८३१ जनाले शल्यक्रियाबाट गुमेको आँखाको ज्योति पाएका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'आँइख नई देखै छली त कत्त छि? कि खाइछि? कोनो सुधी नई छल' (आँखा नदेख्दा कहाँ छु, के खाँदैछु, केही भेउ पाउँदैनथे) भङ्गाहा–८ धर्मपुरका आदिवासी बाँतर समुदायका दलित अगुवा ८० वर्षीय अनुपनारायण बाँतरले भने, 'आब बर्दिवासके आँइख अस्पताल आँइखक पट्टी खोइल देलक, आब हरकुछके चाह सेहो बढल' (बर्दिवासको आँखा अस्पतालले आँखाको जालो हटाइदियो, अब देखेजति सबै कुरामा चाह बढ्न थाल्यो)। अनुपजस्तै सोही बस्तीकी ७५ वर्षीया जयादेवी बाँतरलाई पनि मोतियाविन्दुको शल्यक्रिया गरेपछि नयाँ जीवन सुरु भएको महसुस भएको छ।

जिल्लाका ग्रामीण भेगका गरीब बस्तीमा मोतियाविन्दुका बिरामी बाक्लै भेटिएपछि उनीहरुको उपचारका लागि हिमालयन आई केयर फाउण्डेशनसँग सहकार्य गरेर गत मार्चदेखि हालसम्म ८३१ को शल्यक्रिया गरिएको बर्दिवास आँखा अस्पतालले जनाएको छ। तीमध्ये ७५५ को मोतियाविन्दु र ७६ को आँखामा मासु पलाएको समस्या रहेको बर्दिवास आँखा अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताए।

Xtrem
Xtrem

जिल्लामा आँखाका बिरामीको पहिचान गर्न गत मार्चयता हालसम्म विभिन्न ३७ ठाउँमा आँखा जाँच शिविर सञ्चालन गरिएको छ। शिविरमा जम्मा सात हजार ३५३ को आँखा जाँच गरिएमध्ये एक हजार २४४ जनामा शल्यक्रिया गर्नुपर्ने पाइएको अध्यक्ष पौडेलको भनाइ छ। शल्यक्रिया गरिनुपर्नेमा एक हजार ७९ मोतियाविन्दु, १४४ आँखामा मासु पलाएका र २१ जलविन्दुका बिरामी पाइएको अस्पतालले जनाएको छ। यो सङ्ख्यामध्ये ८३१ को शल्यक्रिया सम्पन्न भएर अब ४१३ को शल्यक्रिया गर्न बाँकी छ।

शल्यक्रिया सीटी आई केयर अस्पताल भक्तपुरमा कार्यरत आँखा चिकित्सक डा लीलाराज पुरी, डा अर्जुन श्रेष्ठ र डा दीपक खड्काले बर्दिवास आँखा अस्पतालमा गर्दै आएका छन्। जम्मा एक हजारको शल्यक्रिया गरिने हिमालयन आई केयर फाउण्डेशनसँगको सम्झौताअनुसार त्यस्ता बिरामीको सङ्ख्या २४४ ले बढेको छ। यो सङ्ख्याको निःशुल्क शल्यक्रियाका लागि सम्बन्धित स्थानीय तह र अन्य सहयोगी निकायको खोजी भइरहेको बर्दिवास आँखा अस्पतालले जनाएको छ।

यसबीचमा शिविरमा भेटिएका सामान्य प्रकृतिको आँखासम्बन्धी समस्या भएका बिरामीलाई औषधि खान र लगाउन सुझाव दिइएको र शल्यक्रिया गरिनुपर्नेलाई भने उनीहरुको ल्यावटेष्ट, चिकित्सकलाई दिइने शुल्क, यस अवधिको आवश्यक औषधि र शल्यक्रियापछि केही दिनसम्म लगाउनुपर्ने कालो चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ। यस अवधिका लागि छानिएका बिरामीको यही डिसेम्बर महिनाभित्रै शल्यक्रिया गरिने अस्पतालका अध्यक्ष पौडेल बताउँ छन्। रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्