काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा शुक्रबार (आज) विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ। क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, आर्चरी, एथ्लेटिक्स, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ।
पाेखरमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलका खेल हुनेछन्। जनकपुरमा कुस्ती र अन्य खेल काठमाडौंमा हुनेछन्।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन्। पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फकाे क्रिकेटमा नेपालले श्रीलंकासँग खेल्दै छ। आजबाट सुरु हुेन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ। करातेतर्फ सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्ने छ।
एथ्लेटिक्सका विभिन्न प्रतिस्पर्धा दशरथ रंगशालामा हुनेछ। सुटिङतर्फ शुक्रबार दुई खेल हुँदैछन्। भारोत्तोलनमा ५ स्पर्धा हुनेछ। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार बिहान ९ बजेदेखि पुरुष एकलको सेमिफाइनलका खेल सुरु हुनेछन्।
ह्याण्डबलमा शुक्रबार पुरुषमा भारतले माल्दिभ्स तथा पाकिस्तानले श्रीलंकाको सामना गर्ने छ। यस्तै महिलातर्फ पाकिस्तान र भारत तथा बंगलादेशले श्रीलंकासंग खेल्ने छ। बास्केटबलमा महिला र पुरुषतर्फको खेल हुनेछ।
कब्बडीतर्फ शुक्रबार लिग चरणमा अन्तिम खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा हुनेछ।
गल्फ, आर्चरीका खेल पनि हुनेछन्। शुक्रबारबाट स्क्वासको खेलहरु हुँदैछन्। बिच भलिबलतर्फ शुक्रबार पनि महिला र पुरुष दुवैतर्फको लिग चरणमा खेलहरु हुनेछ। फेन्सिङको खेलहरु शुक्रबारबाट शरु हुनेछन्।
पाँचौ दिनसम्मकाे खेलमा भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ। ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।