बुटवल– बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा १–० गोल अन्तरको जित निकाल्दै नेपाल पुलिस सेमीफाइनलमा प्रवेश गरेको हो। विभागीय टोली पुलिसले अब आयोजक रुपन्देही ११ सँग फाइनलका लागि खेल्नेछ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई रोक्न पुलिसका तेज तामाङले निर्णायक गोल गरे।
सोमबारको तेस्रो क्वाटरफाइनल खेल थ्रीस्टार क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।