एजेन्सी– प्रशिक्षकविहिन आर्सनल गएराति भएको इंग्लिस प्रिमियर लिगको खेलमा घरेलु मैदानमै ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको छ।
एडम वेबस्टर ३६औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले पछि परेको आर्सनले दोस्रो हाफको सुरुवातीमै खेलमा फर्केको थियो। अलेक्जेंड्रे लाकाजेटले ५०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
६३औं मिनेटमा फ्रिकिक पासलाई भलीमार्फत् डेभिड लुइजले जाली चुमाएका थिए। तर, भिएरले उक्त गोल अफसाइड भएको देखाएपछि आर्सनल अग्रता लिनबाट चुकेको थियो।
आरोन मोयको क्रस पासलाई निल माउपे हेडमार्फत उत्कृष्ट गोल गर्दै ब्राइटनलाई विजयी बनाएका थिए। बाँकी समय दुवै पक्षबाट गोल हुन नसकेपछि ब्राइटन २–१ गोल अन्तरले विजयी भएको हो।
उनाई एमरी बर्खास्त भएपछि आर्सनले अहिले प्रशिक्षकविहिन छ। आर्सनल सन् १९७७ यताकै खराब जितविहीन यात्रामा छ। प्रिमियर लिगमा आर्सनल १९ अंकसहित १० औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।