• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेतालाई आशीर्वाद दिने सिद्धबाबा को हुन्, जो हिरासतमा परे

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २०, २०७६  ११:२४
1140x725

इटहरी– बलात्कारको आरोप लागेर प्रहरी निगरानीमा रहेका सिद्धबाबा भनिने कृष्ण गिरी राष्ट्रपति र प्रधानमन्त्रीलाई आशिर्वाद दिने व्यक्ति थिए। उनका बिगतका गतिविधिले यस्ताे छनक देखाएकाे हाे।

बलात्कारको आरोप लागेपछि बिरामी परेर अस्पताल भर्ना भएका उनलाई प्रहरीले अहिले सम्म बयान लिएकाे छैन। सुनसरी जिल्ला प्रहरी कार्यलय इनरुवाका प्रहरी नायव उपरीक्षक बिनोद शर्माका अनुसार बिरामी भएर सुतेपछी बयानको लागि समस्या भइरहेकोछ। उनकाे आईसीयूमा राखेर उपचार भइरहेकोले बयानमा समस्या भएको प्रहरीले जनाएकाे छ।

मंसिर १६ गते सुनसरी जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न ४ दिनको म्याद दिएको थियो। तर ४ दिन बितीसक्दा समेत बयान हुन नसकेपछी पुन: अदालत लैजाने तयारीमा प्रहरी लागेकोछ।

गिरीका गतिविधि

गिरी सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा आश्रम बनाएर बस्दै आएका छन्। नेपालमा मात्र हैन विदेशमा पनि आफ्ना थुप्रै अनुयायी बनाइसेका उनीले प्रधानमन्त्रीदेखि राष्ट्रपतीलाई समेत आशीर्वाद लिन बोलाउँछन्।

वातावरण प्रदूषण शुद्धीकरण गर्ने भन्दै गत फागुनमा श्रीराम तारकब्रह्म महायज्ञको आयोजना गरे। जहाँ लाखौको संख्यामा उनका अनुयायीहरुले अवलोकन गरेका थिए। जसबापत उनले करोडौं रुपैया आर्जन गरे। तर उक्त रकम अझैसम्म सार्वजनिक भएकाे छैन।

सो महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीकाे हातबाट भयो। प्रदेश १ मा हरितक्रान्ति अभियान चलाउने घोषणा कार्यक्रम मार्फत उक्त महायज्ञको उद्घाटन गरियो। प्रदेश १ सरकारले पनि उनको हरितक्रान्ति अभियानका लागि ५० लाख रुपैयाँ सहयोग गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

त्यतिबेला गिरीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईभन्दा आफूलाई माथिल्लो स्तरमा राखेर अभिव्यक्ति दिएका थिए। राईले पनि आफू बाबाजीबाट प्रभावित भएको बताएका थिए। 

सोही महायज्ञको समयमा सुनसरी मोरङ्ग सिंचाई परीयोजनाको १३ बिघा जग्गामा आठ करोड रुपैयाँ लागतको एक सय २८ कोठे भवन बनाए। कोशी विस्थापित परिवार बसेको उक्त स्थानबाट पाँच वर्षअघि सरकारले जबर्जस्ति हटाएको थियो। तर, गरीले भने कुनै प्रक्रिया नै पूरा नगरी भवन बनाएका छन्। जुन भवनको राष्ट्रपति भण्डारीबाटै उद्घाटन भएको थियो। भण्डारीकी आमा मिथीला पाण्डे पनि सोही आश्रममा बस्ने गर्छिन्।

राष्ट्रपति भण्डारी २०७४ मा रामनवमीको अवसर पारेर गिरीले गरेको भूसमाधिमा पनि सहभागी भइन्। २०७५ मा योग दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईसहित प्रदेशमन्त्रीहरू सहभागी भएका थिए।

गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्मदर्शनका ज्ञाता भएको बताउँदै आएकाछन्। उनले भिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेको भन्दै विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। जसमा उनीले राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्तिकेन्द्रलाई साक्षी राख्ने गर्छन्।

गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भैंसी पूजा गराए। प्रचण्डपछि आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई निमन्त्रणा गरे।

निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि आशीर्वाद लिन गिरीको आश्रममा पुगेका थिए। 

सम्पर्क विस्तार

गिरी २०६३ सालमा बालसन्त मोहनशरण देवाचार्य (बालसन्त)को सम्पर्कमा पुगे। बालसन्तकै आश्रममा गिरीले आफुलाई थप विकशित गराए। बालसन्तले नै गिरीलाई डोहोर्‍याएर पहुँचवालासँग परिचय गराइदिए। 

भीआईपीसंँग कनेक्सन बढ्दै गएपछि उनले आफ्नै गतिविधि संचालन गर्न थाले। पूर्वमन्त्रीहरु कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, एनपी साउद, विजयकुमार गच्छदार, लालाबु पण्डित, ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेता पनि बेलाबेलामा गिरीको आशीर्बाद लिन पुग्छन्। 

२०६५ सालतिर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, वाम बुद्धिजीवी प्रदीप नेपाल र मोदनाथ प्रश्रितले समेत गिरीको आशीर्वाद लिए। पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीलगायत धेरै उच्चपदस्थ व्यक्ति उनका अनुयायी बनेका छन्।

गिरीकै निम्तोमा तारकब्रह्म महायज्ञका बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आएका थिए। प्रधानमन्त्री भएकै बेला देउवा २०७४ जेठ अन्तिममा पत्नी आरजुलाई लिएर गिरीसमक्ष आशीर्वाद थाप्न आएका थिए। त्यतिबेला नेपाललाई हिन्दू राज्य बनाउनु भन्दै गिरीले देउवालाई आशीर्वाद दिएका थिए।

 

उनी पोखरा र चतरामा भूसमाधी बसेर चर्चामा आए। आफू लामो समयसम्म जमिनमुनि र जलभित्र बस्न सक्ने, हावामा उड्न सक्ने भन्दै अनुयायीलाई मोहित बनाउने गर्छन् उनी।

प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ११:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । बुधबार, असार ३, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्