काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा २०० मिटर पौडी फ्रिस्टाइलमा स्वर्ण जितेकी गौरिका सिंहले कतिपयले आफूलाई नेपाली होइन भन्ने गरेकोमा चित्त दुखाएकी छिन्।
स्वर्ण पदक जितेपछि कुरा गर्दै उनले भनिन्– ‘मान्छेहरुले तिमी नेपाली होइनौ भन्छन्, तर म नेपाली हुँ। यो मेडल सारा नेपालीका लागि हो।’
स्वर्ण पदक जित्न सकेकोमा धेरै खुसी लागेको उनले बताइन्। ‘धेरै खुसी छु। स्वर्ण पदक जित्ने लक्ष्य थियो पूरा भयो। धेरै मेहनत पनि गरेँ, हरेक पटक राम्रो गर्ने कोशिस गरेँ। अझ अगाडिको दिनमा राम्रो गर्नेछु’ उनले भनिन्।
गौरिका पौडीमा व्यक्तिगत पदक जित्ने पहिलो नेपाली हुन्। उनी बुबाआमासँग बेलायतमा बस्ने भए पनि नेपालका हरेक प्रतियोगितामा सहभागी हुन्छिन्। जारी सागमा गौरिकाले अझै विभिन्न १० स्पर्धामा भाग लिन बाँकी नै छ।
उनले २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।