काठमाडौं– तेक्वान्दोमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले भारतका अक्षय हुडालाई पराजित गर्दै ८७ किलो फाइट अन्तर्गत स्वर्ण जितेका हुन्।
भुपेनले भारतीय खेलाडीलाई २९–२६ को अंकमा हराएका हुन्।
भुपेनले स्वर्ण जितेसँगै नेपालको पदक ३४ स्वर्ण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।