काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्।
२ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन्। उनले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्। योसहित नेपालको ३३ स्वर्ण पुगेको छ। पदक तालिकाको अग्र स्थानमा रहेको भारतलाई नेपालले पच्छ्याइरहेको छ ।
तस्बिरः निमेशजंग राई/नेपाललाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।