काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सलाई हराउँदै नेपाली महिला फुटबल टोली फाइनल प्रवेश गरेको छ।
पोखरास्थित रंगशालामा भएको खेलमा नेपालको जितमा सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गरिन्।
उनले १६ औं मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। लगत्तै चार मिनेटपछि भण्डारीले नै अर्को गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन्। खेलको अत्तिरिक्त समयमा पेनाल्टीमार्फत् गोल गर्दै भण्डारीले ह्याट्रिक पूरा गरिन्।
उनको ह्याट्रिकसँगै नेपाली महिला टोली फाइनलमा पुगेको छ । फाइनलमा नेपालले भारतको सामना गर्नेछ भने त्यसअघिको समूह चरणको अन्तिम खेलमा पनि नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।
श्रीलंकालाई १–० ले पराजित गरेकाे नेपालले यसअघि माल्दिभ्सलाई ३–०ले पराजित गरेको थियो। भारतले पनि माल्दिभ्सलाई ५–० र श्रीलंकालाई ६–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।