काठमाडौं- जनपत्रकार संगठन नेपाल सेती महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा बुधबारदेखि ५ दिने जनपक्षीय आधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ।
तालिमको उदघाटन् गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनले जनताका पक्षमा निर्भरतापूर्वक कलम चलाउन जनपत्रकारहरूलाई आग्रह गरेका छन्। नेता पुनले उत्पीडित जनताका पक्षमा कलम चलाउनु जनपत्रकारको दायित्व हुने भन्दै तालिममा सहभागी प्रशिक्षार्थीलाई सक्रियतापूर्वक सहभागी भई जनताका पत्रकार बन्न अनुरोध गरेका थिए।
तालिम उदघाटन् सत्रमा बोल्दै नेता पुनले देशभर पछिल्लो समय नागरिकका अभिव्यक्ति स्वतन्त्रता खोसिएको बेला पत्रकार संगठनले देशभर चलाएको अभियानले सार्थकता पाएको बताए। नेपाली पत्रकारहरू राष्ट्रियता, जनताका जनजिवीका र जनअधिकारबारे गम्भीर बनेर कलम चलाउनु पर्ने कुरामा जोड दिएका थिए।
तालिमको उदघाट्न कार्यक्रममा सम्बोधन गर्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले सुदूरपश्चिममा सशक्त र निडर जनपक्षीय पत्रकार उत्पादन गर्ने हिसाबले तालिम महत्त्वपूर्ण हुने बताए। कतिपय मिडियाकर्मी र मिडियाले राज्य सञ्चालकका मात्रै गुणगान गाएर श्रमजीवी जनताका पक्षमा कलम चलाउन छाडेको बताउँदै तालिमपछि जनपक्षीय पत्रकारले आम शोषित पीडित जनताको पक्षमा कलम चलाउन आग्रह गरे।
तालिम उदघाटन् कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पुर्व केन्द्रीय सदस्य देवीदत्त पाण्डे, जनपत्रकार संगठन नेपालका महासचिव हिम बिष्ट,कोषाध्यक्ष जानकि चौधरी,नेकपाका सेती महाकाली ब्युरो कार्यलय सचिव विवेक कुमाल,नेकपाका नेताहरू केदार ,सहदेव,पुर्व विधायक पुरन राना लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।