बार्सिलोना– स्पेनिस ला लिगामा बार्सिलोनाले मालागालाई पराजित गरेको छ। मेसी अनुपस्थित खेलमा बार्सिलोनाले २–० गोलले पराजित गरेको हो। आफ्नो तेस्रो सन्तानको जन्म भएकाले मेसी खेलमा अनुपस्थित थिए।
बार्सिलोनालाई जित दिलाउन खेलको १५ मिनेटमा लुइस सुआरेज र २८ मिनेटमा काउटिन्होले गोल गरेका थिए। ३० मिनेटमा मालागता १० खेलाडीमा सीमित भयो। गार्सियालाई रेफ्रीले सिधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
जितसँगै बार्सिलोना उपाधि तर्फ अघि बढेको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सीलोनाले २८ खेलबाट ७२ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले एक खेल कम खेल्दै ६१ अंक बटुलेको छ। २८ खेलबाट ५७ अंक जोडेको रियल म्याड्रिड तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।