क्याम्प नेउ (एजेन्सी)– विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी तेस्रो बच्चाको बुवा बनेका छन्। उनकी श्रीमतीले शनिबार तेस्रो छोरालाई जन्म दिएकी छन्। बच्चाको नाम ‘कायरो’ राखिएको छ।
तेस्रो बच्चाको डेलिभरी अगाडि मेसीले स्पेनिस लिगअन्तर्गत पुछारमा रहेको मालागाविरूद्धको खेलबाट आफ्नो नाम फिर्ता लिएका थिए। उनले घरायसी कारण भन्दै टिमबाट नाम फिर्ता लिएपनि पछि इन्स्टाग्राममार्फत आफ्ना शुभचिन्तकसँग खुसी बाडेँका थिए।
‘स्वागत छ कायरो! भगवानलाई धन्यवाद छ सबै कुरा राम्रोसँग भयो। आमा र उनी स्वस्थ छन्। हामी अति खुसी छौं,’ उनले इन्स्टाग्राममा लेखेका छन्।

३० वर्षीय मेसीको यसअघि दुई वटा छोरा भइसकेका छन्। उनको जेठो छोरा थियागोको उमेर ५ वर्ष छ भने माइलो छोरा माटियो २ वर्षका छन्।
आफ्नो सानै देखिकी साथी आन्टोनेलासँग २० वर्षको उमेरदेखि मेसीसँगै बस्दै आइरहेका छन्। उनीहरूको विवाह गत वर्ष मात्र अर्जेन्टिनामा भव्य कार्यक्रमका बीच भएको थियो।
मेसीको अनुपस्थितिमा शनिबार रातीको खेलमा डिफेन्डर येरी मिनाले मालागाको भ्रमण गर्ने मौका पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।