काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को तालिकामा नेपालभन्दा अघि भारत पुगेको छ। दोस्रो दिनसम्म नेपाल अघि रहे पनि उद्घाटन भएको तेस्रो दिनका खेल सकिँदा पदक तालिकामा भारत अघि बढेको हो।
अहिलेसम्म भारतको भारतको ३४ स्वर्ण छ भने नेपालको २९ स्वर्ण छ। पाकिस्तानको ९ स्वर्ण रहेको छ। यस्तै श्रीलंकाको ८, बंगलादेशको ४ र माल्दिभ्सको १ स्वर्ण रहेको छ।
रजतमा भारतको २३ रजत, नेपालको १५, पाकिस्तानको १८, श्रीलंकाको २३ र बंगलादेशको ७ रहेको छ।
कास्यमा भारतको ७० र नेपालको ६९ रहेको छ। पाकिस्तानको ४५, श्रीलंकाको ६९, बंगलादेशको ३७, माल्दिभ्सको ३ र भुटानको ४ कास्य रहेको छ।
पहिलो र दोस्रो दिन कराते र तेक्वान्दो पुम्सेमार्फत नेपालले बनाएको अग्रता एथ्लेटिक्सलगायतका खेलमार्फत भारतले उछिनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।