कैलाली- डोटीमा एक युवतीको आगोमा परी मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका-४ मुडभराकी २६ बर्षीया भावना भट्टको आगो लगाएर हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन्।
हत्यामा उनका श्रीमान मिनराज शर्माकै संग्लनता रहेको माइतीपक्षको आरोप छ।
शरीरमा आगो लागेपछि मंसिर ७ गते गम्भिर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुर्याइएको थियो। सुजङ अस्पतालले थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएकोमा उनलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो।
उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर ल्याइएकोमा बुधबार कैलालीको अत्तरियास्थित शर्माका काकाको घरमा उनको मृत्यु भएको हो। भावना र शर्माबिच दुई बर्षअघि मात्रै भागी विवाह भएको थियो। शर्माले भावनालाई दोश्रो श्रीमतीको रुपमा भित्र्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।