पोखरा- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत आर्चरी खेलमा पाकिस्तान पनि सहभागि नजनाउने भएको छ।
पाकिस्तानले अन्तिम समयमा आएर आर्चरीमा सहभागि नजनाउने भएको हो। मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने बताएको नेपाल आर्चरी संघका बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए।
थकालीका अनुसार नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुँदैछन्। भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन् भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने जनाइएको छ।
प्रतियोगिता बिहीबार बिहान करिब ८ः१५ बजे उद्घाटन पश्चात र्याङकिङ राउण्ड सुरु हुनेछ।
टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्प्रर्धा हुनेछ। त्यस्तै, कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने भएका हुन्।
प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ। विश्व आर्चरी महासंघबाट प्रतिबन्ध परेपछि भारतले १३ औं सागमा सहभागी जनााउन नपाउने भएका हुन्। तर पनि भारतले भने आर्चरीमा खेल्न पाउनु पर्ने जिकिर गर्दै दर्ता गराएका थिए। यता, साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले भने भारतलाई आर्चरीमा सहभागिता हुन नदिने निर्णय गरेपछि निर्णय गरेको हो।
राखेपसँग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दासमेत नदिएकाले हाल आफुहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए। पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अवस्थामा महिला क्रिकेट भएसँगै आर्चरीलाई प्रशिक्षणको लागि ठाउँ अभाव भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।