काठमाडौं– १३ औं सागअन्तर्गत साइक्लिङ प्रतियोगिता हुने भएकाले यही मंसिर २० र २१ गते राजधानीको सवारी आवागमन करिब ४ घण्टा अवरुद्ध हुने भएको छ।
महानगरीय ट्राफिक प्रहरीले मंसिर २० र २१ गते दिउँसोको समयमा कलंकीदेखि सातदोबाटो, कोटेश्वर हुँदै सूर्यविनायकसम्मको सडकमा अति आवश्यकबाहेक अन्य सवारी नचलाउन आग्रह गरेको छ।
२० गते शुक्रबार कलंकी हुँदै सातदोबाटो हुँदै कोटेश्वसम्म साइक्लिङ हुने भएकाले उक्त दिन सडकको दायाँ बायाँको सर्भिस लेनमा मात्र सवारी चलाउन पाइने प्रहरीले जनाएको छ। यस्तै, २१ गते शनिबार कलंकीदेखि सातदोबाटो, कोटेश्वर हुँदै सूर्यविनायकसम्म लामो अर्को साइक्लिङ हुने भएकाले उक्त सडकमा पनि दायाँ बायाँको सर्भिस लेनमा मात्र सवारी चलाउन ट्राफिकले आग्रह गरेको छ।
यस्तै, २१ गते नै कोटेश्वरबाट सिधै जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडिबुटी चोकबाट पेप्सीकोलातर्फ हुँदै पूरानो ठिमी, ब्यासी, कमलविनायक, च्यामासिंह हुँदै चलाउन पनि प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।