काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को खो खोमा नेपाली महिला टिमले रजत पदक जितेको छ।
कीर्तिपुरस्थित नयाँ बजारमा बुधबार भएको फाइनलमा भारतसँग १७–५ ले पराजित हुँदै नेपालले रजत पदक पाएको हो। बंगलादेशले श्रीलंकालाई १०–७ ले पराजित गर्दै कास्य पदक जितेको छ।
खो खोको पुरुष खेलमा पनि भारतले नै स्वर्ण जित्यो। फाइनलमा भारतले बंगलादेशलाई १६–९ ले पराजित गर्दै स्वर्ण जितेको हो। श्रीलंकालाई १३–७ ले पराजित गर्दै नेपालले कास्य जित्यो।
भारतमा भएको १२ औं सागदेखि खो खोलाई पहिलो पटक समावेश गरिएको थियो । त्यस संस्करणको पुरुष÷महिला दुवैमा भारत नै विजेता बनेको थियो । नेपाल १२ औं सागको पुरुष÷महिला दुवैमा तेश्रो भएको थियो । पुरुष÷महिला दुवैमा समान ४ राष्ट्र सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।