म्यानचेस्टर– इंग्लिस प्रिमयर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकालेको छ।
शनिबार साँझ घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टरका लागि दुवै गोल मार्कोस रास्फोडले गरेका थिए। उनले खेलको १४ मिनेटमा गोल गरेर म्यानचेस्टरलाई अग्रता दिलाए। २४ मिनेटमा रास्फोडले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर २–० ले अघि बढ्यो। ६८ मिनेटमा म्यानचेस्टरका बेलीले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलले अग्रता २–१ मा झारेको थियो।
जितपछि अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टरले ३० खेलबाट ६५ अंक जोडेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७८ अंक छ। तेस्रो स्थानको लिभरपुलको ३० खेलबाट ६० तथा एक खेल कम खेलेको चौथो स्थानको टोटनह्यामको ५८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।