बुटवल -बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा शनिबारको खेलमा रुपन्देही ११ विजयी भएको छ।
बुटवल देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा रुपन्देहीले नवलपारसीमाथि ३–१ गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
रुपन्देहीका लागि अशोक थापाले २ गोल र निसान लिम्बुले १ गोल हाने भने नवलपरासीका लागि विदेशी खेलाडी कोलीले १ गोल फर्काएका थिए।
आइतबार विभागिय टिम एपिएफ र नेपाल पुलिसबीच खेल हुने रुपन्देही फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए। शनिबारको खेलमा विजेता रुपन्देही ११ का गौरव बुढाथोकी म्यान अफ दी म्याच घोषित हुदै पुरस्कृत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।