म्याड्रिड– स्पेनिस ला लिगामा रियल म्याड्रिडले एइबारलाई २–१ गोलले पराजित गरेको छ। शनिबार साँझ भएको खेलमा रियललाई जित दिलाउने दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे।
रोनाल्डोले ३४ मिनेटमा गोल गरेर रियललाई अग्रता दिलाए। तर एइबारका लागि रामिसले ५० मिनेटमा बराबरी गोल फर्काए। रोनाल्डोले ८४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई जित दिलाएका हुन्।
जितसँगै अंक तालिकाको तेस्रो स्थानको रहेको रियलले २८ खेलबाट ५७ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको ६१ र शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ। दुवै १ खेल कम खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।