सुरुङ्गा, झापा : मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो। श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए।
आजको हारसँगै डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब भने यो पटक सेमिफाइनलबाटै बाहिरिएको छ।
खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका गोलरक्षक विकेश कुथु घोषित हुँदै रु २५ हजार पुरस्कार पाएका छन्।
आगामी सोमबार उपाधिका लागि आयोजक झापा–११ र त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुनेछ। प्रतियोगिताको बिजेताले रु १२ लाख ५१ हजार र उपविजेताले रु छ लाख पुरस्कार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।