काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग)मा अहिलेसम्म भएका सबै प्रतियोगितामा गरेर नेपालले १००औं स्वर्ण पदक जितेको छ।
१३ औं सागसम्म आइपुग्दा १००औं स्वर्ण पदक जित्ने खेलाडी सक्षम कार्की भएका छन्। उनले पुरुष ८७ किलो तौलमाथिको तेक्वान्दोको ग्यारोगी स्वर्ण पदक जितेका हुन्।
कार्कीले पाकिस्तानका वाकर अलि साहलाई पराजित गरेका थिए।
१३औं सागमा नेपालले उत्कृष्ट प्रर्दशन गरिरहेको छ। नेपाल पदक तालिकको पहिलो स्थानमा छ भने भारतले नेपाललाई पच्छ्याइरहेको छ। भारतको अहिलेसम्म २३ स्वर्ण छ भने नेपालले २९ स्वर्ण आफ्नो पोल्टामा पारिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।