काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेअन्तर्गत पुरुष टिम फाइटतर्फ कास्यमै सीमित बनेको छ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा करातेको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग पराजित हुदै कास्यमै चिक्त बुझाएको हो। टिम पुरुषको फाइटमा सुशिल पौडेल, लेखनाथ मैनाली, राजकुमार रसाइली, अर्जुन कुमार बाघचन, विनोद शाक्य र मुकुन्द्र महर्जन थिए।
लगातार अघिल्लो दुई खेलमा पराजित हुँदै पाकिस्तानसँग नेपाल बाहिरिएको हो।
आज नै करातेमा नेपालकी अनुपमा मगरले ६८ केजी तौल समूह माथि भएको प्रतिस्पर्धामा स्वर्ण पदक जितिन्। आजै भएको ५० केजी तौल समूहमा भने सोनाम लामा पराजित हुदै कास्य पदक जिते।
नेपालले १० स्वर्ण ४ रजत र ५ कास्य जित्दै च्याम्पियन बनेको हो।
स्वर्ण तफए नेपालका लागि एकल कातामा मण्डेकाजी श्रेष्ठ, पुरुष टिम कातामा मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर, महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की, ५५ केजी तौलमा लक्ष्मण तामाङ, ८४ केजी तौलमाथि विप्लवलाल श्रेष्ठ र ४५ केजी तौल समूह मुनी कुसुम खड्काले स्वर्ण जिते। त्यस्तै, ५० केजी तौल समूह मूनि अनु अधिकारी, ६७ केजी तौल समूह मुनी नविन रसाइली, ६८ केजी तौल समूह मुनि सुनिता महर्जन र ६८ केजी तौल समूह माथि अनुपमा मगरले स्वर्ण जित्।
एकल कातातर्फ चन्चला दनुवार, ८४ केजी तौल समूह मुनी दिवस श्रेष्ठ, ६१ केजी तौल समूह मुनि अनु गुरुङ र ७५ केजी तौल समूह मुनी गंगाराम कुशवाले रजत पदक पाए। त्यस्तै, नेपाललाई कास्य पदक जित्ने मनिषा चौधरी, राजिव पुडासैनी, सोनाम लामा, महिला टिम र पुरुष टिम फाइटमा नेपालले कास्य पदक जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।