पोखरा- १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपाल १० विकेटले पराजित भएको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो। यसअघि माल्दिभ्सलाई नेपालले १० विकेटले पराजित गरेको थियो।
बुधबारको खेलमा टस हारेर बंगलादेशले फिल्डिङ रोजेपछि पहिलो व्याटिङ गरेको नेपालले १९.२ ओभरमा ५० रन जोडेको थियो । नेपालका लागि सोनु खड्काले सर्वाधिक १२ र इन्दु बर्माले १० रन जोडेपनि अन्य ब्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले ५, सिता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन् ।
नेपालको ४ महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन् । त्यस्तै जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १–१ विकेट लिए।
५१ रनको चुनौती पछ्याउँदै ब्याटिङमा गरेको बंगलादेशले विना विकेट ७.४ ओभरमै जित निकाल्यो। बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।