काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ मा बोलाइएको छ। उपनिर्वाचनकाे समीक्षा तथा समसायिक विषयमा छलफल गर्न बैठक बोलाइएको हाे।
कार्तिकमा बस्ने तय भएको केन्द्रीय समितिको बैठक पार्टीभित्रको विवादले बस्न सकेको थिएन। पार्टी सभापति शेरबहादुर देउवाले विधानमा भएको व्यवस्था भन्दा बढि विभाग गठन गर्ने प्रस्ताव गरेपछि बैठक रोकिएको थियो।
२६ गते बस्ने बैठकमा कार्यावधि सकिएका भ्रातृ संस्थाको तदर्थ समिति चयनका विषयमा पनि छलफल हुनेछ। नेपाल विद्यार्थी संघ विगत १० महिनादेखि कार्यसमिति विहिन छ। तरुण दलको मंसिर १ बाट कार्यकाल सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।