काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा साइक्लिङमा नेपालले २ वटा स्वर्ण पदक जितेका छन्।
गोकर्णमा बुधबार साइक्लिङअन्तर्गत डाउनहिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दूरीमा महिला र पुरुष गरी नेपालले २ स्वर्ण जितेका हुन्। नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते।
राजेशले निर्धारित दूरी १ मिनेट ४९.३३ सेकेण्डमा पूरा गरे। नेपालकै निरभ श्रेष्ठले १ मिनेट ५०.८० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते। नेपालकै परिचित थापाले १ मिनेट ५१.६६ सेकेण्डमा पूरा गर्दै कास्य जित्न सफल भए। त्यस्तै, भारतीय खेलाडी स्पेन्सर गोमेज चौथो भए।
त्यस्तै, महिलातर्फ निश्मा श्रेष्ठले २ मिनेट २२.४५ सेकेण्डमा पूरी पार गर्दै स्वर्ण जितिन्। नेपालकै जमुना थापाले २ मिनेट ४१.५५ सेकेण्ड सहित रजत जितिन्। भारतकी यसोधरा मधुकरले ३ मिनेट ३७.२३ मा पूरी पूरा गर्दै रजत जितिन्।
योसँगै नेपालको स्वर्ण संख्या २७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।