काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अफगानिस्तान विरुद्धको महत्वपूर्ण खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन्। पारसले २२ ओभरको पहिलो बलमा रसिद खानलाई चौका प्रहार गरेर चौका प्रहार गरेर अर्धशतक पूरा गरेका हुन्। उनले ५६ बलमा ७ चौका र १ छक्का प्रहार गरेर खेलिरहेका छन्।
उनलाई अहिले ज्ञानेन्द्र मल्लले साथ दिइरहेका छन्। नेपालले २२ ओभरमा १ विकेटको क्षतिमा ८७ रन बनाएको छ।
नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको हो।
ओपनिङमा आएका अनिलकुमार साह भने ७ रनमा आउट भए। उनलाई मुजिव उर रहमानले एलबिलडब्लुको धरापमा पारे।
चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण छ। किनकी यही वर्ष टेस्ट मान्यता प्राप्त अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठको लडाइँ मात्र हुनेछैन। नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने झिनो आशा बाँकी रहन्छ।अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले आज अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।